नेपालगन्ज । यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्न लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत माओवादी केन्द्र बाँकेले अभियान सफल बनाउनका लागि विभिन्न कार्यक्रमहरुको कार्ययोजना तयार गरेको छ । कार्ययोजना अन्तर्गत माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पार्टीको पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरिसकेको जनाएको छ ।
पार्टीको कार्यक्रमका साथसाथै जिल्लामा कृयाशिल पार्टीका विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग तथा आस्थाका संगठनहरुको पनि एकैसाथ गठन, पुनर्गठन तथा वैठक लगायतका कार्यक्रमहरु गर्न लागिएको माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डे ‘जेम्स’ ले जानकारी दिनु भएको छ।
संयोजक पाण्डेका अनुसार जिल्लामा कृयाशिल रहेका पार्टीका विभिन्न जनवर्गीय संगठन, मोर्चा, विभाग तथा आस्थाका संगठनहरुको वडा तथा पालिकास्तरमा एकैदिन भेला, बैठक तथा प्रशिक्षण गरि ती संगठनहरुलाई सक्रिय र चलायमान बनाउन लागिएको हो ।
उहाँका अनुसार महिलाको भदौ २० गते, किसानको भदौ २२ गते, वासिएलको भदौ २३ गते, थारुको भदौ २७ गते, मधेसीको भदौ २८ गते, मुस्लिमको भदौ २९ गते, जनजातिको भदौ ३० गते, विद्यार्थीको (इकाई कमिटी) असोज २ गते, जनसाँस्कृतिक महासंघको असोज ७ गते जिल्लाभरका ८१ वटै वडामा एकैसाथ भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गरिनेछ ।
त्यसैगरी शिक्षक संगठनको असोज ३ गते, कर्मचारीको असोज ३ गते, प्राध्यापक/बुद्धिजीवीको असोज ३ गते, ट्रेड युनियन महासंघको असोज ६ गते र दलितको असोज ९ गते सबै वडामा एकैसाथ कार्यक्रम गरिने पाण्डेले बताउनु भएको छ ।
त्यस्तै, वडाका कार्यक्रमहरु सम्पन्न भएपछि पालिकास्तरमा पनि एकैदिन कार्यक्रम गरिने कार्ययोजना रहेको संयोजक पाण्डेले जानकारी दिनु भएको हो ।
पाण्डेका अनुसार वासिएलको भदौ ३१ गते, महिलाको असोज ६ गते, किसानको असोज १० गते, मधेसीको असोज ११ गते, जनसाँस्कृतिक महासंघको असोज १२ गते, ट्रेड युनियनको असोज १३ गते, शिक्षक/बुद्धिजीवी/प्राध्यापक/कर्मचारीको असोज १३ गते, प्रेस सेन्टरको असोज १४ गते, दलितको असोज १५ गते, मुस्लिमको असोज १६ गते, जनजातिको असोज १६ गते, विद्यार्थीको असोज १६ गते, सुकुमवासीको असोज १६ गते, उद्योगी/व्यापारीको असोज १६ गते र यातायात गणतान्त्रिक संघको असोज १६ गते एकैसाथ प्रत्येक पालिकामा भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ ।
माओवादी केन्द्र बाँकेले अभियान सफल बनाउन तिब्र रुपमा तयारी गरिरहेको छ । अभियानका लागि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं बाँके जिल्ला इन्चार्ज कुल प्रसाद केसी सोनाम लगायतका प्रदेश र जिल्लास्तरीय नेताहरु अहिले बाँकेमा सक्रिय रहेका छन ।