भू–भागमा हिमपातको सम्भावना

काठमाडौंमा आज मौसम बदली हुने, चिसोबाट बच्न सतर्क हुन आग्रह

  ।   २०७८ पुष २, शुक्रबार ०७:१५

काठमाडौं । देशका विभिन्न भागमा आज हिमपात र वर्षा हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपात र वर्षाका कारण देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३।४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो बढेर २० डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । काठमाडौंमा आज मौसम बदली हुनेछ । यद्यपि, वर्षा भने हुने छैन ।

Next Post

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै

२०७८ पुष २, शुक्रबार ०७:१५
काठमाण्डौ । १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी […]