महामारीका बेला नेपालगंजमा धार्मिक जुलुस

महामारी र ट्राफिक नियम, सरासर वेवास्था

  ।   २०७७ कार्तिक १४, शुक्रबार १३:४१

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसर पारी आज नेपालगंजमा धार्मिक र्याली जुलुस निकालिएको छ ।

बाजागाजा सहित नगरका विभिन्न भागमा पुगेको धार्मिक र्याली (जुलुस) लाई ब्यवस्थित गर्न सुरक्षाकर्मीलाई निकै गाहे भयो ।

कोरोना भाइरस महामारीका बेला र्यालीमा कुनै सुरक्षा सावधानी नपनाई (अब्यवस्थित) तरिकाले ट्राफिक नियमको पनि कहीँ कतै पालन गरिएको छैन ।

भीडभाँड युक्त जुलुसमा सहभागीहरु महामारी र ट्राफिक नियमका बारेमा जानकारी नभएका भने पक्कै होइन्न । तर सरासर वेवास्था गरिएको छ ।

नेपालगंजको अति बेस्त धम्बोजी चोक लगायतका विभिन्न चोक सडकहरुमा ट्राफिक जाम लागेर आवागमन पनि केही असहज भएको प्रत्यक्षदर्शीहरु बताउँछन ।

यता मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा आज सार्वजनिक विदा दिईएको छ ।

बिहीबार गाउँपालिकाले सूचना जारी गरी शुभकामना दिदै नरैनापुर गाउँपालिकामा एक दिन सार्वजनिक विदा दिने निर्णाय गरेको थियो ।

Next Post

पछिल्लो २४ घण्टामा बाँकेका थप ३३ जनामा कोरोना सङ्क्रमण, ७४ जना डिस्चार्ज

२०७७ कार्तिक १४, शुक्रबार १३:४१
बाँके । बाँके जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या तीन हजार ११० पुगेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार शुक्रबार ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा २२८ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा ७४ जना निको […]

सम्बन्धित समाचार