पछिल्लो २४ घण्टामा बाँकेका थप ३३ जनामा कोरोना सङ्क्रमण, ७४ जना डिस्चार्ज

  ।   २०७७ कार्तिक १४, शुक्रबार १८:५२


बाँके । बाँके जिल्लामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या तीन हजार ११० पुगेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार शुक्रबार ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा २२८ जनाको नमुना सङ्कलन भएको हो । त्यस्तै गएको २४ घण्टामा ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७८६ पुगेको छ ।

अब बाँकेमा २९४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

बाँकेमा बिरामी निको हुने दर ८९.५८ प्रतिशत, मृत्यु दर ०.९६ प्रतिशत र रोगको प्रकोप दर ०.५२ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

 

 

 

 

Next Post

मंसिर १५ गतेभित्र बञ्चरे डाँडामा फोहोर विसर्जन गर्नेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

२०७७ कार्तिक १४, शुक्रबार १८:५२
काठमाण्डौ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिनुभएको हो । पहिलो र दोस्रो […]