बाँकेमा शुक्रबार, शनिबार प्रत्येक साता निषेधाज्ञा

  ।   २०७७ भाद्र १८, बिहीबार १८:३२

निता शाह
बाँके । बाँके जिल्लाभर भोली (शुक्रबार) र शनिबार निषेधाज्ञा लगाईदै छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले गएको १५ गते जारी गरेको आदेश बमोजिम अत्यावश्यक सेवा र सोका लागी प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका बैंक तथा वित्तिय संस्था समेत सवारी साधान, पसल ब्यवसाय संञ्चालन, अत्यावश्यक काम बाहेकको हिडडुलमा रोग लगाईएको छ ।

आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने प्रशासनको चेतावनी छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको गएको १२ गते बैठक निषेधाज्ञा सम्बन्धीको यो निर्णाय अर्को सूचना जारी नहुँदा सम्म प्रत्येक शुक्रबार र शनिबार लागु भइरहने छ ।

Next Post

मुख्य प्रशिक्षकको लागि आवेदन माग

२०७७ भाद्र १८, बिहीबार १८:३२
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ । क्यानले सूचना मार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको छ । उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ […]

सम्बन्धित शीर्षक