
सुर्य प्रसाद धिताल, नेपालगंज ।
बाँकेको राप्ती नदी, सिधनिया घाटमा आज बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस लगायत विभिन्न सामाजिक संघ–संस्थाको पहलमा वाढी र त्यसले पुरयाउने क्षति, प्रभावकारी समन्वय कसरी गराउने भन्ने उद्देश्यले यस्तो कृत्रिम अभ्यास गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भएको छ ।

यस्तो पूर्व तयारीले बाढी बाट हुन सक्ने संम्भावित क्षति रोक्न र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।



