शनिबार सम्म मौसम सुधार हुने संम्भावना छैन

  ।   २०७८ मंसिर ३, शुक्रबार १७:२५

संवाददाता, नेपालगंज ।

हाल अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेका कारण सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेशका भू–भागहरूमा मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य प्रदेशका भू–भागमा समेत मौसम आंशिक रुपमा बदली हुने उल्लेख छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावान रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

भोली शनिबार सम्म पनि यो प्रणालीको प्रभाव नेपालमा रहने संम्भावना रहेकोले चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

Next Post

माओवादी केन्द्र कोहलपुर-१० को अध्यक्षमा भुपेन्द्र सुनार चयन

२०७८ मंसिर ३, शुक्रबार १७:२५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  कोहलपुर नगरपालिका वडा नं १० को अध्यक्षमा भुपेन्द्र सुनार चएन हुनुभएको छ । शनिवार भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कोहलपुर १० को दोस्रो वडा सम्मेलनले सुनारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिती चएन गरेको हो । जसको उपाध्यक्षमा पद्मा पौडेल,सचिवमा तेज बहादुर बस्नेत,सह-सचिवमा सन्दीप […]