बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण

  ।   २०७७ भाद्र १, सोमबार १६:२१

मकवानपुर/ बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण देखिएको छ । आज दिउँसो हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो ।

आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ । मकवानपुरमा कोरोना फैलिँदै गएपछि तीन दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो ।

त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडा स्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा बस्नुभएको छ ।

तामाङसँगै उहाँका छोरामा पनि कोरोना देखिएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिनुभयो ।

उहाँका स्वकीय सचिव थापाका अनुसार तामाङमा कुनै स्वास्थ्य समस्या देखिएको छैन । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको थापाले बताउनुभयो ।
थाहा खबरबाट

Next Post

भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन

२०७७ भाद्र १, सोमबार १६:२१
कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उहाँ ७३ वर्षका हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो । चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उहाँ महान भारतीय […]

सम्बन्धित शीर्षक