भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको निधन

  ।   २०७७ भाद्र १, सोमबार १७:२६

कोरोनाभाइरसबाट संक्रमित भारतका पूर्व क्रिकेट खेलाडी एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा आइतबार निधन भएको छ । उहाँ ७३ वर्षका हुनुहुन्थ्यो ।

उहाँको स्वास्थ्य अवस्था शनिबार निकै नाजूक अवस्थामा पुगेको थियो । चेतन चौहान सन् १९७० को दशकमा भारतीय क्रिकेटका प्रमुख खेलाडी रहनुका साथै उहाँ महान भारतीय क्रिकेटर सुनिल गावस्करसँग मिलेर इनिङको शुरुआत गर्नु हुन्थ्यो ।

उहाँले सन् १९६९ मा न्यूजील्यान्ड विरुद्ध पहिलो टेस्ट म्याच खेल्नु भएको थियो । यी दायाँ हाते ब्याट्सम्यानले ४० वटा टेस्ट खेलेर व्यक्तिगत २ हजार ८४ रन बनाउनु भएको थियो ।

उहाँले ७ वटा एकदिवसीय क्रिकेट खेल्नु भएको थियो । गत अगस्टमा उत्तर प्रदेशकी मन्त्री कमला रानीको पनि लखनउमा कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको थियो ।
एनटिभीबाट

Next Post

फेसबुक माथि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई सघाएको आरोप

२०७७ भाद्र १, सोमबार १७:२६
भारत/ फेसबुक कम्पनीमाथि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीलाई सघाएको आरोप लागेको छ । गत साता वाल स्ट्रिट जर्नलले भाजपा कार्यकर्ताको घृणायुक्त अभिव्यक्तिलाई फेसबुकले नजरअन्दाज गरेको रिपोर्ट छापिएपछि विवाद चर्किएको हो । रिपोर्टमा ‘मोदीलाई निराश नतुल्याउन फेसबुकले त्यसो गरेको’ दावी गरिएको छ । खासगरी मोदीलाई खुसी पार्नकै लागि मुस्लिम विरोधी […]