इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी

  ।   २०७७ पुष १२, आईतवार ०७:०६

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो ।

यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ । युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।

Next Post

नेकपामा केन्द्रीय कमिटीको संख्या ४ सय ४१ कि १ हजार १ सय ९९ ?

२०७७ पुष १२, आईतवार ०७:०६
काठमाडौं । विभाजनसँगै नेकपाभित्र कुन समूह वैधानिक भन्ने प्रश्न जटिल बन्दै गएको छ । दुवै समूह आफूहरु नै आधिकारिक र वैधानिक भएको भन्दै निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले दुवै समूहबाट आएका कागजात तथा ऐन, कानुन र विधान अध्ययन गर्ने काम भैरहेको जनाएको छ । आयोगले जुन समूहलाई मान्यता […]