एक लाख २५ हजार बराबरको अबैध समान बरामद

  ।   २०८० मंसिर १८, सोमबार १९:१८

नेपालगन्ज । बाँकेमा पछिल्लो समयमा भारतबाट भन्सार छलि गरी विभिन्न सामानहरु नेपाल ल्याउने कार्यमा बृद्धि भएको पाइएको छ । तस्करहरुले विभिन्न नाकाको प्रयोग गर्दै भन्सार छलि गरी विभिन्न सामानहरु भारतबाट नेपाल ल्याउने गरेको पाइएको हो ।

प्रहरीले दैनिकजसो बजार क्षेत्रबाट भन्सार छलि गरी ल्याइएका विभिन्न अवैध सामानहरु पक्राउ गर्ने क्रम बढेसँगै यो पुष्टि भएको हो । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका १० स्थित डिभिजन वन कार्यालय नजिकबाट सोमबार दिउँसो एक लाख २५ हजार बराबरको भारतबाट भन्सार छलि गरि ल्याइएका बेवारिसे अवस्थामा अवैध सामानहरु बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीले दुधमलाई चामल १० बोरा, चिनी २५० किलो, पर्दा १६० थान, टेबुल कभर ४० थान र सिरानीको खोल १९ थान गरी अन्दाजी १ लाख २५ हजार रुपियाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ । बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पठाइएको बाँके प्रहरीले जनाएको छ ।

भन्सार छलि गरी नेपाल ल्याइएका अवैध सामानहरु बाँके प्रहरीले दैनिकजसो बरामद गरेको जनाइरहँदा उक्त सामान ल्याउने व्यक्तिहरुलाई भने पक्राउ गरेको पाइँदैन । बरामद गरेका त्यसता सामानहरु प्रहरीले जहिले पनि बेवारिसे देखाउने गरेको छ ।

Next Post

पालिकासँग सहकार्य गर्दै प्रेस युनियन

२०८० मंसिर १८, सोमबार १९:१८
नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले स्थानीय तहले हासिल गरेका उपलब्धी, सम्भावना र चुनौतीहरुको समिक्षा गर्न स्थानीय निकायसँग अन्तरक्रिया सुरु गरेको छ । आइतबार प्रेस युनियन बाँकेले पहिलो पटक बाँकेको राप्तीसोनारी गाउँपालिकामा अन्तरक्रिया गरेको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, पत्रकार, […]