केपी ओलीको राष्ट्रका नाममा सम्बोधन, सर्वोच्चको फैसलाप्रति प्रश्न

  ।   २०७८ असार २९, मंगलवार १६:०२

संवाददाता ।

सर्वोच्चले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै केपी शर्मा ओलीले फैसलाप्रति प्रश्न उठाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले दोस्रो पटक पुर्नस्थापित गरिदिएको संसद् र गठन गर्न आदेश दिएको नयाँ सरकारको भविष्यप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

देशवासीको नाममा सम्बोधन गर्दै उहाँले भन्नुभयोे, “संसद् पनि सही सलामत ढङ्गले अघि बढ्ला र अब बन्ने सरकार सही सलामत ढङ्गले अघि बढ्ला भन्नेमा मलाई शङ्का छ ।” उहाँले मुलुकलाई द्वन्द्वमा लैजान र राष्ट्रिय एकता भत्काउन षडयन्त्र भएको बताउनुभयो ।

सर्वोच्च अदालतको सोमबारको फैसला कस्तो ऐतिहासिक हुन्छ त्यो भविष्यले बताउने टिप्पणी केपी शर्मा ओलीको छ । अदालतले आजको राजनीतिलाई विपरीत दिशामा लैजान खोजेको बताउनुभयो ।

उहाँले बाँकी अवधि संसद् चलोस् भन्ने शुभकामना पनि दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले दुई करोड खोप सुनिश्चित गरिदिएको जानकारी दिनुभएको छ ।

बीबीसी नेपालीबाट

Next Post

पाँचौं पटक प्रधानमन्त्री बन्ने अवसर पाउने शेरबहादुर देउवाको पढाई कत्ति ?

२०७८ असार २९, मंगलवार १६:०२
संवाददाता  । नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्नुहुन्छ । आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ’प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप खेप्नुभएका देउवालाई पहिलेका कार्यकालका […]

सम्बन्धित शीर्षक