‘सय दिनसम्म पर्खन्छु, ठोस परिणाम चाहियो । होइन भने गाडीको गेयर चेन्ज हुन्छ’ : मन्त्री सुदन किराँती

  ।   २०७९ फाल्गुन १७, बुधबार १८:२७

संवाददाता, नेपालगंज ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू दुईवटा मात्र सरकारी जहाजको मन्त्री हुँ भन्दा लज्जित भएको बताउनुभएको छ ।

नेपालगन्ज विमानस्थलमा निर्माणाधीन अवस्थामा रहेको नयाँ टर्मिनल भवनको आज अनुगमन तथा निरीक्षण गर्न आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

प्रेस सेन्टर नेपाल बाँके शाखाले विमानस्थलमै आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री किराँतीले नेपाल एयरलाइन्स अहिले सम्मकै इतिहासमा चरम संकटमा रहेको बेलामा आफू संयोगवस त्यो हेर्ने मन्त्रालयको मन्त्री बनेको र आन्तरिक उडानमा नेपाल एयरलाइन्सको दुईवटा मात्र जहाज चालू अवस्थामा रहेको भन्दै आफू दुईवटा मात्र सरकारी जहाजको मन्त्री हुँदा लज्जित हुनुपरेको बताउनुभयो ।

‘नेपाल एयरलाइन्स अहिले सम्मकै इतिहासमा चरम संकटमा छ, संयोगवस म त्यो हेर्ने जिम्मामा रहेको मन्त्रालयको मन्त्री बनेको छु । दुइवटा मात्र जहाजले आन्तरिक उडान गरिरहँदा म त्यसको मन्त्री हुँ भन्दा म लज्जित छु ।’ मन्त्री किराँतीले भन्नुभयोे, ’नेपाल एयरलाइन्सलाई गति दिनका निमित्त बिजनेस प्लान र देशैभरीका ५५ वटा विमानस्थलमा उडान भर्ने गरी कार्ययोजना बनाइरहेको छु ।’

पर्यटनमन्त्री किराँतीले निजी उडान कम्पनीहरु सधै नाफामा हुने तर, सरकारी उडान कम्पनी नेपाल एयरलाइन्स किन सधै घाटामा मात्र जान्छ भन्ने एक प्रश्नमा व्यापार सधै एकनासको नहुने, कहिले घाटा र कहिले नाफा हुने सामान्य प्रक्रिया भएको बताउँदै सरकारी वायुसेवा कम्पनीको व्यापार घाटा हुँदै जाने कार्य अल्लि फरक रहेको आफूले पाएको बताउनुभयो ।

उहाँले कर्मचारीहरु प्रति लक्षित गर्र्दै भन्नुभयोे, ‘सरकारी वायुसेवा कम्पनीमा काम गर्ने निश्चित तहभन्दा माथिका सबै कर्मचारीको काठमाडौंमा घर छैन भने म पुरस्कारको घोषणा गरेर प्रदान गर्छु, कर्मचारी धनि हुँदै जाने अनि कम्पनी गरीब हुँदै घाटामा जाने यो कसरी हुन्छ ?’ उहाँले भन्नुभयोे, ’मैले मन्त्रालय सम्हालेको आज ४६ दिन भएको छ, सय दिनको समयसीमा दिएको छु । यदि उक्त समयभित्र परिणाममुखी काम आएन भने सरोकारवाला पक्षसंग छलफल गरेर जनता र देशको हितको निम्ति कुनै ठोस निर्णय आउन सक्छ ।’

नेपाल वायुसेवा निगमलाई आफ्नो सेवा सरल र सहज रुपमा छिटो भन्दा छिटो जनतासम्म पु¥याउन भन्दै आफूले सय दिनको समयसीमा दिएर लिखितै निर्देशन दिइसकेको भन्दै उहाँले भन्नुभयोे, ’सय दिनसम्म पर्खन्छु, त्यो समय भित्र ठोस परिणाम चाहियो । होइन भने त्यसपछि गाडीको गेयर चेन्ज गर्छु, म त्यस्तै बस्दिन ।’

हवाई सुरक्षाबारे उठेको प्रश्नमा मन्त्री किराँतीले ’म प्राबिधिक बिषय जान्दिन, मैले बोल्ने नीतीबाट हो । नीति निर्माण गर्ने हो । हवाई सुरक्षा सम्बन्धमा सम्पुर्ण कुरामा कडाई गर्नका लागि सम्बन्धित सरोकारवालालाई निर्देशन दिइसकेको छु ।’ उहाँले थप्नुभयोे, ’निश्चित समयभित्र जहाजको फेर्नुपर्ने पार्ट्पुर्जा तथा मर्मतका कामहरु त्यो समयभित्र नगरी २-४ फ्लाइट गरेपछि मात्र फेर्ने वा मर्मत गर्छु भन्ने केही कम्पनीहरु छन भन्ने मैले सुनेको छु, यदि त्यस्तो साच्चिकै पाएँ भने म छोड्दिन, लिखितै निर्देशन दिएको छु ।’ ‘कुन जहाज कुन समयमा मर्मत भयो ?, कुन इन्जिनियरले मर्मत ग¥यो ? भन्ने कुरा जनताले हेर्न र थाहा पाउने गरी डिस्प्लेमा लेखेर राख्नुस ।’ उहाँले निर्देशन दिदै भन्नुभयो ।

मन्त्री किराँतीले नेपालगन्ज विमानस्थल टर्मिनल भवनको निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीका प्रतिनिधिलाई गुणस्तरीय काम गर्न र समयसीमा भित्र काम गरेर सक्न भन्दै निर्देशन समेत दिनुभएको छ ।

Next Post

तालिमका सहभागीहरुले समिक्षा बैठकमा भने ´स्टीक एण्ड स्टोन सेसनको अझै आवश्यकता छ`

२०७९ फाल्गुन १७, बुधबार १८:२७
समाचारदाता नेपालगञ्ज । बाँके युनेस्को क्लबको आयोजनामा बुधवार नेपालगञ्जमा समिक्षा, प्रतिविम्ब र फ्लोअप बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग र नेपाल सरकारको सहकार्यमा क्लबद्धारा सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो । बाँकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख भगवान पौडेलको अध्यक्षतामा सम्पन्न भएको […]