गुडन्युजकर्मी सबिदा चन्द ठकुरी भारतमा सम्मानित

  ।   २०८२ जेष्ठ १८, आईतवार २१:०२

बाँके । नेपाली महिला पत्रकार सबिदा चन्द ठकुरी भारतमा सम्मानित हुनुभएको छ । उत्तर प्रदेशको बहराइचमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा उहाँलाई नेपाली पत्रकारितामार्फत सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो ।  उक्त कार्यक्रम ‘हिन्दी पत्रकारिता दिवस’ को अवसरमा उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनद्वारा आयोजना गरिएको थियो । ठकुरी ‘गुड न्युज’की संवाददाता तथा प्रेस सेन्टर नेपालकी महिला नेत्री हुनुहुन्छ । पत्रकार सम्मेलनमा उत्तर प्रदेशका वरिष्ठ महापमण्डलेश्वर स्वामी रवि गिरि जी महाराज, विधायक राम निवास बर्मा, विधायक सुभाष त्रिपाठी, सदाब हुसेनलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली पत्रकारिताका प्रतिनिधित्व गर्ने ठकुरीलाई सम्मान गर्दै नेपाल–भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्न सञ्चारको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गरिएको थियो । साथै महिला पत्रकारहरूको सहभागिता र योगदानको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्य गर्ने अपेक्षा गरिएको थियो । उक्त कार्यक्रममा नेपाल र भारतका अन्य पत्रकारहरू पनि सम्मानित भएका थिए ।   

Next Post

भारतीय भूमि बहराइचमा वरिष्ठ पत्रकार डा.धिताल लगायत ४ नेपाली पत्रकारहरू सम्मानित

२०८२ जेष्ठ १८, आईतवार २१:०२
प्रमिला चौधरी बाँके । नेपाली पत्रकारिता क्षेत्रले अन्तर्राष्ट्रिय पहिचान बनाउँदै लगेका क्रममा भारतको उत्तर प्रदेशस्थित बहराइचमा आयोजित एक विशेष पत्रकार सम्मेलन तथा सम्मान कार्यक्रममा नेपाली सञ्चारकर्मी वरिष्ठ पत्रकार डा। डक्टप्रसाद धिताल लगायत ४ जना पत्रकारहरुको भव्य सम्मान गरिएको छ । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा रेडियो मोर्निङ स्टारका स्टेसन म्यानेजर डा. […]