खजुरा-५ मा बाल बिबाह न्यूनीकरण गर्न आकर्षक उपहार कार्यक्रम

  ।   २०७९ माघ ६, शुक्रबार २०:२१


पुरन परियार
बाँके । खजुरा गाउपालिका वडा नं. ५ ले २० बर्ष उमेर पूरा गरेर बिबाह गर्ने जोडिलाई सम्मान स्वरुप उपहार प्रदान गर्ने भएको छ । वडा भित्र बाल बिबाह रोक्न यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष गरिबे शेषले बताउनु भयो ।

उपहार स्वरुप ग्यास चुल्हो सेट दिने योजना वडा नं. ५ को रहेको छ । सो वडामा झण्डै ७० प्रतिसत मधेसी र मुश्लिम समुदायको बसोवास रहेको छ । समुदायमा बाल बिवाहले बृहत रुप लिइरहेको बेला बाल बिबाह रोक्न यस्तो उपहार दिने कार्यक्रम ल्याएको वडा कार्यालयले जनाएको छ । समुदायमा जस्तोसुकै कानुनी डण्डा लगाउन खोजे पनि बाल बिबाह न्यूनीकरण नभएको अनुभव वडा बासीको छ ।

बाल बिबाह न्यूनीकरण गर्न वडाले ल्याएको योजना निकै आकर्षक रहेको स्थानीय सर्वसाधारण बताउँछन् । माघ महिना देखि यो कार्यक्रम लागु गर्न सार्वजनिक सूचना जारी गरेको अध्यक्ष शेषले बताउनु भयो । उहाँले उमेर खुल्ने प्रमाण सहित निवेदन दिन वडाबासीलाई अध्यक्ष शेषले आग्रह गर्नुभएको छ । यस अघि खजुरा ५ लाई फ्री वाइफाई सुविधा भएको वाड घोषणा गरिएको थियो भने विपन्न र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई प्राथमिकतामा राखेर जनतामुखी लोक कल्याणकारी कार्यक्रम सुरु गरेको अध्यक्ष शेषले घोषणा गर्नु भयो । उहाँले ९ कक्षा भन्दा माथि अध्ययन गर्ने छात्र/छात्राहरुलाई निशुल्क साइकल, ड्रेस, झोला वितरण गर्ने साथै सुत्केरी महिलाहरुलाई पोषण युक्त खानेकुरा, कम्बर वितरण गर्ने समेत बताउनु भयो ।

´जनताको साथमा बसेर जनताको बिचमा लोककल्याणकारी काम गरेर असल अभिभावकको जिम्मेवारी पूरा गर्छु` अध्यक्ष शेषले भावुक हुँदै बताउनु भयो ।

Next Post

नरैनापुरका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप

२०७९ माघ ६, शुक्रबार २०:२१
बाँके । नरैनापुरको दादुरा प्रभावित क्षेत्रमा ६ महिनादेखि १५ वर्ष सम्मका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ । नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप […]

सम्बन्धित समाचार