बाँकेमा कोरोना बिरामी निको हुनेदर ७८.६१ प्रतिशत, संक्रमित संख्या दुई हजार ९४५ पुग्यो

  ।   २०७७ कार्तिक ७, शुक्रबार २२:०५

बाँके । बाँके जिल्लामा कोरोना संक्रमित संख्या दुई हजार नौं सय नाघेको छ ।

गएको २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित संख्या दुई हजार ९४५ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । संक्रमित हुनेमा १५ जना महिला र २९ जना पुरुष रहेका छन् ।

यसैगरी गएको २४ घण्टामा ३७ जना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई हजार ३१५ जना पुगेको छ ।

अब बाँकेमा ६०१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट बाँकेमा हालसम्म २९ जना मृत्यु भएको छ ।

जिल्लामा बिरामी निको हुने दर ७८.६१ प्रतिशत, मृत्यु दर ०.९८ प्रतिशत र विरामी प्रकोप दर ०.४९ प्रतिशत रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

 

Next Post

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार

२०७७ कार्तिक ७, शुक्रबार २२:०५
  रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बिहीबार बुटवलमा बसेको प्रदेश कोरोना संकट […]