
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा २३ वटै वडाहरुमा भैरहेका बिकास निर्माण तथा योजनाहरुको अनुगमनमा आफैं सक्रिय रूपमा लागिरहनु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० स्थित गाेसाईगाउँमा निर्माण सम्पन्न भएको बाटो पिसिसि ढलान योजना सम्पन्न भएको हुँदा शर्माले स्थलगत अनुगमन गर्नुभएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भने “योजनाको गुणस्तर, प्रगति र प्रभावकारिता प्रत्यक्ष अवलोकन गर्नु र जसले पारदर्शिता, जवाफदेहिता र आम नागरिकको विश्वास सुदृढ गर्न उल्लेखनीय योगदान पुर्याएको छ । यो सक्रियता स्थानीय विकास योजनाहरू निर्धारित मापदण्डअनुसार समयमा सम्पन्न गराउन र सम्भावित अनियमितता नियन्त्रण गर्न प्रभावकारी हुने हो ।”
प्रमुख प्रशासकीय अधिकृत शर्मा नेतृत्वकाे अनुगमन टोलीमा इन्जिनियर मोबिन्द्रमान श्रेष्ठ, अधिकृत छैठौं हिक्मत थापा माझी, अनुगमन समितिका सदस्य बसन्त कनोजिया, सदस्य संगिता रेग्मी तथा उपभोक्ता समितिका अध्यक्ष बद्री नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। उक्त योजना साहसी टोल उपभोक्ता समितिबाट सञ्चालित गरिएको हो।




