औषधी ब्यवस्था विभागको नेपालगंज स्थित कार्यालयको कार्य प्रगति कति ?

४ जना निरिक्षकको भरमा ३ वटा प्रदेशका जिल्ला हेर्नुपर्ने बाध्यता

  ।   २०७८ माघ २, आईतवार १८:३३

संवाददाता, नेपालगंज ।

औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगंजको चालु आर्थिक बर्ष २०७८-०७९ को प्रथम त्रैमासिक लक्ष्य १२६ रहेकोमा प्रगति भने ११७ पुगेको छ ।

यो अवधिमा एलोपेथिक फार्मेसी, भेटेरिनरी फार्मेसी, आयुर्वेदिक फार्मेसी, होमियोप्याथिक, यूनानी गरी ११ वटा होलसेल र १०६ वटा खुद्रा औषधी पसलहरुको अनुगमन गरिएको छ ।

औषधी ब्यवस्था विभाग शाखा कार्यालय, नेपालगंज बाँकेका प्रमुख बरिष्ठ औषधी ब्यवस्थापक निनु श्रेष्ठका अनुसार अनुगमनका क्रममा ६ वटा फार्मेसी पसल निलम्बन र ७ वटा पसलहरुलाई मुद्दा दायर गरिएको छ ।

श्रेष्ठले औषधी ब्यवस्था विभाग शाखा कार्यालय, नेपालगंज मातहतमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्र्तगत पर्ने विभिन्न जिल्लाका ४ हजार भन्दा बढी औषधी पसलहरु रहेको जानकारी दिनुभयो ।

औषधी किन्दा अनिवार्य विल लिन आग्रह गर्दै श्रेष्ठले कुनै त्रुटि, अनियमित कारोबार भईरहेको जानकारी पाएमा उजुरी गर्न पनि श्रेष्ठले अनुरोध गर्नुभयो ।

४ जना निरिक्षककै भरमा ३ वटा प्रदेशका जिल्लाहरु हेर्नुपर्ने बाध्यता भएपनि औषधी ब्यवस्था विभागले कुनै गुनासो, उजुरी आएमा तत्काल सुनुवाई प्रक्रियामा लैजान प्रयास गर्ने श्रेष्ठको भनाई छ ।

 

Next Post

एक जना कोरोना संक्रमितको मृत्यु

२०७८ माघ २, आईतवार १८:३३
संवाददाता, नेपालगंज । भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारत दाङ्ग तुल्सिपुर उपमहानगरपालिका ६ की ४१ बर्षिया महिलाको आज मृत्युभएको छ । उहाँको नेपालगंज मेडिकल कलेज कोहलपुरमा पौष ३० गते जाँच गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उहाँलाई उपचारका लागी भन्दै भेरी अस्पताल नेपालगंजमा भर्ना गरिएको थियो । जिल्ला कोभिड […]

सम्बन्धित शीर्षक