विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि

  ।   २०७८ पुष १९, सोमबार १८:४३

संवाददाता ।

विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखाएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।

चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो भने त्यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ ।

आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ । व्यूरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ ।

अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमश : चौंथो र पाँचौं ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।

सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।

सन् २१०० भन्दाअगाडि यो दर फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।

व्यूरोका अनुसार आगामी केही दशक कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिकामा जनसंख्या बढ्ने छ ।

यो शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्ने छ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।

इमेज खबरबाट

 

Next Post

शनिबार सम्म मौसम सुधार हुने संम्भावना कम

२०७८ पुष १९, सोमबार १८:४३
संवाददाता, नेपालगंज । बाँकेको नेपालगंज वरपरका क्षेत्रमा आज पनि घाम लाग्न सकेन । चिसो र शितलहरले गर्दा २ दिनयता यस क्षेत्रको जनजीवन प्रभावित बनीरहेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखा आज दिँउसो १२ बजे जारी गरेको हिउँद यामको विशेष बुलेटिन, ५ मौसम अपडेट अनुसार आज राती देखि पश्चिमी नेपालबाट प्रबेश गर्न […]