बालबालिकामा पेट दुख्नु, झाडापखाला र बान्ता हुनु कोरोनाको लक्षण : अध्ययन

  ।   २०७७ भाद्र १९, शुक्रबार ०८:०८

काठमाण्डौ । कोरोना भाइरसको महामारी झन् फैलिँदै गएपछि वैज्ञानिकले यसबारे अनुसन्धान बढाएका छन् । कोरोना भाइरसबारे विभिन्न देशले अनुसन्धान गरिरहेका छन् ।

यसै क्रममा बेलायतले गरेको एउटा अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने देखाएको छ ।

क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो ।

झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो बताएका हुन् । उनीहरुका अनुसार अनुसन्धानमा सहभागी ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ ।

यस्तै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ । उज्यालो अनलाइन

Next Post

गण्डकी प्रदेशमा थपिए ४० संक्रमित

२०७७ भाद्र १९, शुक्रबार ०८:०८
काठमाडौं । गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण […]