सरकारले अध्यादेश ल्याएपछि नेकपामा हंगामा, प्रचण्डको कडा आपत्ति

  ।   २०७७ मंसिर ३०, मंगलवार १६:०५

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गर्नुभएको थियो ।

सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावना विपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले संसदको अधिवेशन बोलाउनुपर्ने बेलामा र पार्टीको बैठकसमेत भइरहेको बेलामा पार्टीलाई कुनै जानकारी र सुइँको समेत नदिएर अध्यादेश ल्याउनुमा कुनियत रहेको दावी गर्नुभयोे ।

यही अधयादेशका कारण नेकपामा हंगामा भएको छ । अध्यक्ष प्रचण्डले २०६२–०६३ को जनआन्दोलन, जनयुद्ध मधेस आन्दोलनको समेत मर्मविपरित आएको अध्यादेश खारेज गर्नुपर्ने भन्दै पार्टीको घोर आपत्ति रहेको बताउनुभयो ।

रातोपाटीबाट

Next Post

सिमा नाकामा स्थायी हेल्थ डेस्क स्थापना गरिने

२०७७ मंसिर ३०, मंगलवार १६:०५
संवाददाता, नेपालगंज । बाँकेको नेपालगञ्जस्थित जमुनाह सिमा नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । ५० लाख रुपैंयाको लागतमा सिमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ । कोभिड–१९ लगायत अन्य संक्रामक […]

सम्बन्धित शीर्षक