माघीको सांस्कृतिक कार्यक्रम मार्फत बालविवाह न्युनिकरण सचेतना

  ।   २०७९ पुष ३०, शनिबार २२:३२

नेपालगञ्ज । बाल विवाह न्युनिकरणकालागि बारबर्दिया नगरपालिकाको वडा नम्बर १० मा साँस्कृतिक तथा माघी मिलन कार्यक्रम गरिएको छ । साँस्कृतिक कार्यक्रममार्फत बाल विवाह न्युुनिकरण गर्ने उदेश्यले बारबर्दिया नगरपालिका वडा नं १० को आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लब नेपालगंज, बि ग्रुप नेपालगन्जको सहयोग र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नम्बर १० का प्रत्येक गाँउका संस्कृतिक टोलीले परम्परागत साँस्कृतिक नाचगाँन माफत बालविवाह न्युनिकरणका सन्देश तथा त्यसले पर्ने असरको बारेमा सचेतना प्रदान गर्नु भएको थियो । वडा भित्र रहेका महिला समुह, युवा क्लब किशोरी कल्ब, तथा सांस्कृतिक समुह र बर्दियाका थारु कलाकार तथा समुदायहरुले आफ्नो प्रस्तुती मार्फत सो सचेतना प्रदान गर्नु भएको थियो ।   
बाल संरक्षण कार्यक्रम अन्तरगत ‘थारू समुदायको महान पर्व माघीको अवसरपारेर कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारूले साँस्कृतिक कार्यक्रमले बालविवाह न्युुनिकरणमा ठूलो सहयोग पुर्याने विश्वाश ब्यक्त गर्नु भयो । बिभिन्न माध्यबाट समुदायलाई बालविवाह र माघी मिलन बारेमा जानकारी गराए चाडै नै बालमैत्री पालिका र हिंसा रहित समुदाय बनाउन सकिने कुरामा उहाँले जोड दिनु भएको थियो । सोही अवसरमा बालविवाह न्युनिकरण सहयोग गर्ने वडा नं १० का विभिन्न टोलका गरी ६४ जना बरघरहरुलाई सम्मान गरिएको थियो ।
बारबर्दिया नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष रण बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सबै वडा अध्यक्ष, सदस्यहरु, टोल बर्घर बाँके युनेस्को क्लब नेपालगञ्जका कर्मचारी, स्थानीय बुुद्धिजीवि, शिक्षक बरघर, संचारकर्मी, स्थानीय तथा अतिथि कलाकारहरु, स्थानीय दर्शकहरु गरि सयौंको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन सुदिन चौधरीले गर्नु भएको थियो।

Next Post

बाँके खजुरा-६ का ४ सय २९ जनालाई सम्मान स्वरुप विभिन्न सामग्री वितरण

२०७९ पुष ३०, शनिबार २२:३२
बाँके । खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक (तुफान) ले ९० बर्षिय सुकिया कोरीलाई स्विटर हस्तान्तरण गर्दै सम्मान जेष्ठ नागरिक कार्यक्रमको उद्घाटन गर्नु भयो । खजुरा-६ मा जेष्ठ नागरिक, अपाङ्ग, असहाय बालबालिका, अति विपन्न परिवारका विभिन्न व्यक्तिलाई सम्मन स्वरुप विभिन्न सामग्री वितरण गरिएको छ । २ सय ३३ जेष्ठ नागरिकलाई सुइटर, […]