दाइजो नल्याएको निहुँमा बुहारीलाई मट्टितेल खन्याएर जलाउने सात वर्षपछि पक्राउ

  ।   २०७७ चैत्र १०, मंगलवार १६:४४

काठमाडौं । दाइजो नल्याएको निहुँमा बुहारीमाथि मट्टितेल खन्याएर जलाउने एक पुरुषलाई बाँके प्रहरीले सात वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका –२ का ७५ वर्षीय हनिफ शेष छन् । शेषसहित उनको श्रीमती सहजत खाँ र छोरा फरिज शेष (ढपाली) ले फरिजको श्रीमती २३ वर्षीय रिहान शेष (ढपाली) को शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए ।

घटना २०७० चैत २ गते रातिको हो। दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै श्रीमान र सासु ससुरा मिलेर रिहान सुतेको बेला मट्टितेल खन्याएर आगो लगाएका थिए। घटना पछि रिहानका श्रीमान र सासु फरार छन्।

तीन जनाविरुद्ध रिहानका बुबा बाँके डुडुवा गाउपालिका –६ का मो.समिम शेषले जाहेरी दिएका थिए । जलेर घाइते भएकी रिहानलाई परिवारले सुटुक्क उपचारको लागि भारत लगेका थिए ।

भारतमा केही समय उपचार पछी घरमा ल्याएपछि मात्र घटनाबारे माइती पक्षलाई जानकारी गराएको प्रहरीले जनाएको छ । त्यसपछि मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएको थियो । उनको तत्काल भेरी अस्पतालमा उपचार गरी थप उपचार काठमाडौंमा भएको थियो । प्रहरीले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको छ । थाहाखबर

Next Post

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी : स्वास्थ्य मापदण्डमा थप कडाइ

२०७७ चैत्र १०, मंगलवार १६:४४
काठमाण्डाै | भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा बढेसँगै नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४७ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने दुई सय ७७ जनाको ज्यान गएको छ […]