बालबालिका र महिला हिंसा न्युनिकरणका लागि बढैयामा प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक

  ।   २०७७ चैत्र ४, बुधबार २२:३४


सिराज खान
नेपालगन्ज । बाँके युनेस्को क्लबले बालबालिका र महिलामाथि हुने हिंसा न्युनिकरणका लागि बर्दियाको बढैयामा बुधबार प्रहरी र न्यायिक समिति बीच समन्वय बैठक सम्पन्न गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल बिवाह न्यूनीकरण परियोजना अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेल, प्रहरी र न्यायिक समिति, बाल अधिकार समिति संग सामुहिक रुपमा समन्वय बैठकको आयोजना गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

उहाँले बालबालिका र महिला माथि हुने हिंसा दर्ता, कार्यान्यवनको अवस्था, चुनौती तथा बाल बिवाह न्युनिकरणमा प्रहरी तथा न्यायिक समितिको भूमिकाका बारेमा छलफल गरेर सिफारिस संयन्त्रलाई कसरि बलियो बनाउने भन्ने बैठकको मुख्य उदेश्य रहेको बताउनुभयो ।

सो बैठकमा रिपोरटिंग संयन्त्रलाई बलियो बनाउने, सरोकारवाला बीच तीन तीन महिनामा बैठक बस्ने, बाल बिवाह रोकथामका लागि संयुक्त योजना बनाएर काम गर्ने, समुदाय स्तरका अभियानहरुमा प्रहरीसंग समन्वय गरेर काम गर्ने तथा जोखिममा परेका बालबालिकाको तत्काल उद्दार गर्न समन्वयात्मक भूमिका निर्बाह गर्ने,न्यायिक समितिमा दर्ता भयका केशहरुको तथ्यांकका आधारमा तत्काल सहयोगका लागि योजना निर्माण गर्ने निर्णयहरु भएको बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।

बैठकमा गाउँ पालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम महिला तथा बालबालिका शाखा प्रमुख दुर्गा कुमारी हमाल, कार्यपालिका सदस्य, प्रहरी सहायक निरीक्षक मोहन खत्री, बाल अधिकार समितिका सदस्य लगायतले बालबालिका र महिला माथि हुने हिंसा तथा बाल बिवाह न्युनिकरणका लागि सबै सरोककारवालाहरुले मिलेर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

क्लबले बालविवाह न्युनिकरण, बाल संरक्षण र महिला बेचबिखन विरुद्ध प्लान नेपालको सहयोगमा बाँके र बर्दियामा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ ।

Next Post

भारतमा काेराेना सङ्क्रमण दर उच्च, निर्णायक कदम चाल्न मोदीको निर्देशन

२०७७ चैत्र ४, बुधबार २२:३४
काठमाण्डाै | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको छ । भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गर्नुभएको बीबीसीले जनाएको छ । छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही […]