बिहीबारदेखि पुनः देशभर मनसुन सक्रिय हुने

  ।   २०७८ श्रावण २६, मंगलवार ०७:११


काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबार देखि केही दिन धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, बागमती , गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ। -रातोपाटी

Next Post

एमालेमा अध्यक्ष मात्र निर्वाचित गर्ने प्रस्ताव

२०७८ श्रावण २६, मंगलवार ०७:११
काठमाडौं । नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले २२५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ। पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार जसमा अध्यक्ष एक जना, दुई उपाध्यक्ष, एक महासचिव, दुई जना उपमहासचिव र ७ जना सचिव […]