भोकमरीको सूचिमा नेपाल ७३ औं स्थानमा

  ।   २०७७ कार्तिक १, शनिबार १६:५०

काठमाडौं । विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ ।

सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश ७५ औं स्थानमा छन् ।

गत दुई बर्षमा नेपालमा भोकमरीको अवस्थामा उलेख्य सुधार आएको सो प्रतिवेदनमा उल्लेख छ । अध्ययनले नेपालमा गरिबीको दर कम भएको तर सामाजिक र आर्थिक विभेदको चुनौती भने कायम नै रहेको उल्लेख गरिएको छ ।

नेपालले वाल मृत्युदर र पोषणमा उल्लेख्य बृद्धि गरेको समेत सो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनमा नेपालले भिटामिन ए को कार्यक्रममा राम्रो सुधार गरेको उल्लेख गरिएको छ । अनलाइनखबर

Next Post

दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

२०७७ कार्तिक १, शनिबार १६:५०
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गर्नुभएको छ । सरकारी निवास बालुवाटारमा बोलाएर उहाँले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने भन्दै दुई अध्यक्षबीचको छलफलले निकाल्ने निष्कर्ष मान्न आग्रह गर्नुभएको हो । अब चाँडै छलफल गरेर कर्णालीको विवादबारे […]

सम्बन्धित शीर्षक