नेपालगन्ज कोरा साइक्लिङ च्यालेन्ज २०२३ सम्पन्न

  ।   २०८० असार ३०, शनिबार २०:१०

नेपालगन्ज / साइकल चलाउन मन पराउनेहरुको महाउत्सव कोरा साइक्लिङ च्यालेन्ज २०२३ सम्पन्न भएको छ । ५औं सस्करणका रूपमा आयोजना गरिएको यस बर्षको कोरामा ७ बर्षिय अभिनब चौधरी लगायत ६५ जनाको सहभागिता रहेको थियो ।   
कार्यक्रममा नेपालगन्ज एस.ओ.एस. युवालयको समेत सहभागिता रहेको थियो भने युवालयका डाइरेक्टर तुलाराम बिश्वास आफैं साइक्लिङमा भाग लिएर कार्यक्रममा सहभागी हुनु भएको  आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।     
असार ३० गते सनिवार आज बिहान् ६:३० बजे नेपालगन्ज बौद्ध गुम्बा बाट शुरु गरिएको कार्यक्रमको शुभारम्भ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले गर्नुभएको थियो। साइकल यात्रीहरुले नेपालगन्जको बौद्ध गुम्बा, जामा मस्जिद , बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर , गुरुद्वारा, ज्योतिचर्च , त्रीशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ , शिवपुरा इन्डो- नेपाल बोर्डर हुँदै जोगागाउ मन्दिर भएर ३० किलोमीटरको यात्रा पुरा गरि साइकल यात्रीहरु नेपालगन्ज फर्किएका थिए । त्यस्तै  ५०/७५ /१०० किलोमीटरको यात्रा पुरागरी यात्रीहरु बर्दिया जिल्लाका केहि स्थल परिक्रमा गरि नेपालगन्ज फर्किए भने एउटा समुह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी दिनुभयो ।           
कार्यक्रममा सहभागिता जनाउने सम्पुर्ण साइकल यात्रीलाई आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले धन्यवाद दिदै आगामी दिनमा साइक्लिङका थप कार्यक्रम समेत आयोजना गरिने बताउनु भयो।               
कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी संस्था तथा व्यावसायिक प्रतिष्ठान बाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वतस्फूर्त सम्पन्न गरिएको समेत क्लबले जनाएको छ।       

Next Post

मेसी २०२५ सम्म अमेरिकी क्लबमा रहने

२०८० असार ३०, शनिबार २०:१०
संवाददाता । अर्जेन्टाइन स्टार लिओनल मेसी एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध हुनुभएको छ । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सात पटकको बाडोन डे’ ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाड्नुभएको थियो । मेसीले नयाँ सुरुवातका लागि […]