कोभिड-१९ विरुद्धको भेरोसेल खोप गाउँमा पुगेपछि खोप लगाउनेको भीड

  ।   २०७८ श्रावण ६, बुधबार १५:४३

संवाददाता, नेपालगंज
कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रम अहिले देशका विभिन्न भागमा चलिरहेको छ । कोभिशिल्ड खोप अभियानको तुलनामा अहिले भेरोसेल नामक खोप लगाउनेहरुको संख्या बढी देखिएको छ ।

पहिले खोपबारेमा केही भ्रमहरु देखिन्थे । तर अहिले ति भ्रमबारे आमसर्वसाधारण सबैले बुझ्दै गएपछि कोभिड विरुद्धको खोप लगाउन धेरै इच्छुक देखिएका हुन ।

अहिले चलिरहेको खोप अभियानमा ५५ वर्ष र त्यसभन्दा माथिका उमेर समूहका ब्यक्ति, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेरोसेलको पहिलो मात्रा लगाउन नेपाल सरकारले प्राथमिकतामा राखी खोप कार्यक्रम अघि बढाएको छ ।

तस्बिर : आधारभूत विद्यालय शिवशक्ती टेसनपूर, बढैयाताल गाउँपालिका ९ ।। कालिका स्वास्थ्य चौकी बर्दियाबाट

Next Post

हातमा सत्ता आए देशमा देशलाई उलट्पुलट बनाउने विप्लवको दाबी

२०७८ श्रावण ६, बुधबार १५:४३
संवाददाता । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफ्नो हातमा सत्ता आए देशमा देशलाई उलट्पुलट बनाउने दाबी गर्नुभएको छ । आज काठमाडौँमा रेडफ्रन्ट नामक म्यागजीनको बिमोचन गर्दै चन्दले हरेक विद्रोह अग्रगामी हुने बताउनुभएको हो । उहाँले अहिले पूँजीवादप्रति पूँजीपतिहरू नै सन्तुष्ट नभएको पनि दाबी गर्नुभयो । चन्दले नेपालमा सरकार बनाउँदा, […]