संवाददाता ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफ्नो हातमा सत्ता आए देशमा देशलाई उलट्पुलट बनाउने दाबी गर्नुभएको छ । आज काठमाडौँमा रेडफ्रन्ट नामक म्यागजीनको बिमोचन गर्दै चन्दले हरेक विद्रोह अग्रगामी हुने बताउनुभएको हो ।
उहाँले अहिले पूँजीवादप्रति पूँजीपतिहरू नै सन्तुष्ट नभएको पनि दाबी गर्नुभयो । चन्दले नेपालमा सरकार बनाउँदा, पार्टी एक हुँदा, पार्टी फुट्दा पनि विदेशी चाहिने भन्दै दलालीकरणको भद्दा रुप भएको टिप्पणी गर्नुभयो ।
जनताले समान अवसर पाउनुपर्छ भनेर आफूहरू क्रान्तिमा लागिरहेको उहाँको भनाइ छ । उहाँले हरेक सत्ताले एउटा लुटेराको समूह बनाउने र त्यसले कहिल्यै नजित्ने पनि दाबी गर्नुभयोे ।
इकागज डटकमबाट




