नेकपाको स्थायी कमिटी बैठक आउँदो शुक्रबार बस्ने

  ।   २०७७ भाद्र २३, मंगलवार ०८:५७

काठमाण्डौ । झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आउँदो शुक्रबार बस्ने भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको बैठकले २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

प्रधानमन्त्रीले विधि र पद्धति मिचेर सरकार चलाएको, पार्टीका निर्णय नमानेको, सरकारको बदनाम हुनेगरी नियुक्ति र निर्णय गरेकोलगायतका आरोप लागेपछि गएको साउन १३ गतेयता बैठक बस्न सकेको छैन । उज्यालो अनलाइन

Next Post

१ सय ८० दिनसम्म सरकारको आदेश मान्यौँ, अब मान्दैनौँ : नाडा अध्यक्ष दुलाल

२०७७ भाद्र २३, मंगलवार ०८:५७
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक […]