दाङमा आइतबारदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा, पीसीआर जाँचलाई तीव्रता दिइने

  ।   २०७७ भाद्र १३, शनिबार ०६:५३

दाङ । दाङमा आइतबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिने भएको छ । शुक्रबार बसेको कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना भाइरसका सङ्क्रमित फेला पर्न थालेपछि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा पीसीआर जाँचलाई तीव्रता दिने र एक हप्तापछिको अवस्था हेरेर थप निर्णय लिइने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रिजालले जनकारी दिनुभयो ।

Next Post

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

२०७७ भाद्र १३, शनिबार ०६:५३
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि ९शनिबार०का लागि बोलाइएको बैठक स्थगित गरिएको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा कार्यालय सहयोगीलाई […]