नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० माओवादी केन्द्र तर्फका अध्यक्ष धनबहादुर पुन मतदाताको घरदैलो मै पुगेर मत माग्दै हुनुहुन्छ । पुनले घरदैलो अभियानमा एकपटक वडा बासीले माओवादी केन्द्रका उम्मेदवारलाई हेर्नुस् भन्दै जनताको घरदैलोमा पुग्नु भएको हो ।
अध्यक्षका उम्मेदवार पुनका अनुसार माओवादी तर्फ मतदाताको आकर्षण बढिरहेको छ । इमानदार, बुज्रुक उम्मेदवार भएको हुनाले पनि यसपटक १० नं. वडाबासीले ढुक्क भएर मतदान गर्ने भन्दै प्रचारप्रसार लागेको नेकपा माओवादी केन्द्रकी बाँके जिल्ला समन्वय समिति सदस्य जया खड्काले गुडन्युज लाई बताउनु भयो । नेता खड्काले भन्नुभयो ´ यसपटक वडा नं. १० मा माओवादी केन्द्र निकै बलियो छ । ढुक्क संग जितिन्छ ।`
आसन्न बैशाख ३० गते हुने निर्वाचनमा मतदाताहरुलाइ जनचेतना जागाउन मात्र आवश्यक भएको भन्दै वडा इन्चार्ज चन्द्र श्रेष्ठले आफुहरुको जित हुने भएको बताउनु भयो । नेता कार्यकर्ता प्रचारप्रसारमा खटेको प्रती नेता श्रेष्ठले धन्यवाद दिनु भयो ।