काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि ९शनिबार०का लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको जनाइएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।
शनिबारको बैठकमा पार्टी विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
पार्टीमा दाहाल–नेपाल पक्षले ओलीको राजीनामा मागेपछि बढेको विवाद समाधान गर्न दुई अध्यक्षले गत साउन ३० गते कार्यदल गठन गरेका थिए ।
उनीहरुले ओलीलाई थप बलियो बनाउने गरी प्रतिवेदन दिएका छन् ।