इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात

  ।   २०७८ श्रावण २९, शुक्रबार ०७:२२

काठमाण्डौ । इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।

भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन् । राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए । इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।

पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ । पहिलो टेष्टमा दुवै टोलीले ढिलो ओभर खेलेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले २र२ अङ्क कटौती गरिदिएको छ भने रेफ्रीले म्याच फि को ४० प्रतिशत रकम जरिबाना तिराएका थिए ।

Next Post

‘तपाईंको मास्क खै ?’ : चौबीस घण्टामा ६५ हजार मास्क वितरण

२०७८ श्रावण २९, शुक्रबार ०७:२२
काठमाडौं । कोभिड– १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ७ लाख ४ हजार ३७६ जनालाई निःशुल्क मास्क […]

सम्बन्धित समाचार