गुलरिया नगरपालिकाको वडा नम्बर १२ बालविवाह मुक्त वडा घोषणा

  ।   २०८१ असार ४, सोमबार १२:३८

नेपालगन्ज । बर्दिया जिल्लाको गुलरिया नगरपालिकालाई बालविवाहमुक्त पालिका बनाउने अभियानलाई तिव्र पारिएको छ ।
सोही क्रममा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाले गुलरियाको वडा नं १२ लाई बालविवाहमुक्त वडा घोषणा गरेको छ ।

गुलरिया वडा नम्बर १२ मा आयोजना गरिएको एक बृहत् समारोहमा सो वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो । वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारुको अध्यक्षतामा सम्पन्न भएको बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्दै सबैलाई धन्यवाद दिनुभयो । उहाँले गुलरिया नगरपालिकालाई सन् २०८१ भित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि वडाहरुले बिशेष सहयोग र पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतमले विभिन्न संघसंस्था, जनप्रतिनिधि र स्थानीयको सहयोगमा वडालाई बालबिवाहमुक्त बनाउन सकिएको जनाउँदै सबैको सहयोग र साथ निरन्तर चाहिएको बताउनुभयो । घोषणा कार्यक्रममा गुलरियाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत जनप्रतिनिधी, राजनीतिक दलका नेताहरु, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि अधिकांशले सबैले बालविवाह विरुद्ध एकजुट भएर काम गर्ने तथा नगरपालिकामा बालविवाहको प्रचलनलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीले प्रतिवेदन प्रस्तुत गर्दै बालविवाह न्यूनीकरणका लागि विभिन्न सरोकारवालाहरूले गरेको प्रयासहरू बारे जानकारी गराउँदै नगरपालिकामा बालबिबाहको अवस्था बारे पनि जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा ९ भन्दा बढी विभिन्न समुहहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने सो अवसरमा करिब १२ सय जना स्थानीयको सहभागिता रहेको थियो ।

Next Post

यथाशीघ्र पत्रकारको चुनाव गर्न प्रेस सेन्टर लुम्बिनीको माग

२०८१ असार ४, सोमबार १२:३८
नेपालगन्ज । नेपाल पत्रकार महासंघको निर्वाचन यथाशिघ्र गर्न प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले माग गरेको छ । साेमबार दाङमा सम्पन्न संगठनको बैठकले विविध बहानामा महासंघको निर्वाचन सारिनु गलत भएको निष्कर्ष निकाल्दै यथाशिघ्र निर्वाचन गर्न माग गर्ने निर्णय गरेको सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विकले जनाकारी दिनुभयो । “प्रदेशका १२ वटै […]

सम्बन्धित शीर्षक