काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे

  ।   २०७८ भाद्र २, बुधबार ०७:००

काठमाण्डौ । अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।

गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए । अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्‍याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।

स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्‍याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ ।

अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्दार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ । -उज्यालो अनलाइन

Next Post

‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

२०७८ भाद्र २, बुधबार ०७:००
काठमाडौं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ (मंगलबार)बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ । भदौ ३१ सम्म अडिसन दिन सकिने छ । अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर […]