मनसुनी वायुको प्रभाव : हल्कादेखि मध्यम वर्षा

  ।   २०७८ श्रावण २१, बिहीबार ०८:११


काठमाडौं । मनसुनी वायुको प्रभावको कारण देशका अधिकांश स्थानको मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।

नगरकोटीका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

Next Post

बँदेल मार्न मकैबारीमा छाडेको करेन्ट लागेर दाजुभाइको मृत्यु

२०७८ श्रावण २१, बिहीबार ०८:११
बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका […]

सम्बन्धित समाचार