सेनामा नयाँ संस्कार, नयाँ हतियार

  ।   २०७८ श्रावण २०, बुधबार १६:१९

संवाददाता ।
अवकासको दिन नजिकिँदै जाँदा प्रधानसेनापति पूर्णचन्द्र थापाको देश दौडाहा बाक्लिएको छ । सैनिक प्रचलनअनुसार अवकाशपूर्व देशका प्रमुख कमाण्डको बिदाई निरीक्षण गर्ने गरिन्छ ।

त्यो कामलाई अघिल्ला प्रधानसेनापतिहरूले कोेसेलीपात जम्मा पार्ने मौकाका रुपमा लिए । पूर्णचन्द्रले भने राम्रा कामलाई निरन्तरता दिन र विगतको समीक्षा गर्न सम्झाउने काममा केन्द्रित गर्नुभएको देखिन्छ ।

यसरी नै यही हप्ता पोखरा र इटहरीको भ्रमण सकिएको छ । त्यस्तै, नेपाली सेनाका सबै पल्टनको संख्या घट्ने–बढ्ने भइरहेको छ । संख्या घटेका ठाउँमा थप दरबन्दी स्वीकृत गराइँदै छ ।

दरबन्दी योजना अहिलेदेखि नै लागु भए पनि सबै काम सकिन पाँच वर्ष लाग्छ । कुनै पल्टन सात र कुनै आठ सय दरबन्दीका थिए भने अब सबैतिर साढे ६ सयमा कायम गरिनेछ ।

सेनाको देशका ७७ वटै जिल्लामा गण र गण नपुग्ने साना तथा मनाङ, हुम्लाजस्ता हिमाली जिल्लामा स्थायी गुल्म मिलान गरिँदै छ । अनि, सेनाका अनेकथरिका पल्टनमा बेग्लाबेग्लै हतियार प्रयोग हुन्छन् । अब त्यसमा एकरुपता ल्याउने काम शुरु भएको छ ।

अहिले नेपाली सेनाले के टु सिरिजको २५ हजार थान कोरियन हतियार ल्याइसकेको छ । ‘नेपाल आर्मी भिजन २०३०’ सहित अत्याधुनिक हतियार व्यवस्थित गर्ने योजनामा सेना लागेको हो ।

पहिलाका इन्सास, एसएलआरजस्ता ७.६२ क्यालिबरको गोली लाग्ने हतियार (अमेरिकाको एमसिक्स्टिनजस्तै ५.५६ एमएमको) लाई स्तरोन्नति गर्दै कोरियाबाट नयाँ आयात गरिएको हो ।

जन आस्थाबाट

Next Post

पूर्व कप्तान पारस खडकाको सही अवसर आए राजनीतिमा आउने इच्छा

२०७८ श्रावण २०, बुधबार १६:१९
संवाददाता । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताउनुभएको छ । यद्दपी उहाँले तत्काल नेपालमा क्रिकेटको विकास नै प्राथमिकतामा हुने प्रष्ट्याउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गर्नुभएका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ट सम्बोधन गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाटमा यस्तो धारणा राख्नुभएको हो […]

सम्बन्धित शीर्षक