नरैनापुरको सोनवर्षा बाँधको प्रजिअ खत्रीले गरे अनुगमन

बाढी प्रभावितहरुका लागि उचित राहातको व्यवस्था गर्ने प्रजिअको प्रतिबद्धता

  ।   २०७९ आश्विन २५, मंगलवार १९:४१


बाँके । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल सहितको टोली भत्किन थालेको बाधको स्थलगत अनुगमन गरी तत्काल बाँधको तटबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

स्थानीयहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको थियो । नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो । अध्यक्ष शाहले सिक्टाले बनाएको बाध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवीय क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन सुझाव दिनु भएको थियो ।                   
स्थलगत अनुगमनमा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी खत्रीलाई राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले बाध भत्किए हजारौ मानिसको ज्यान जान सक्ने भएकोले तत्काल उचित प्रबन्ध मिलाउन आग्रह गर्नु भएको थियो  । अविरल बर्षाका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराउनु भएको थियो ।         
बाढी तथा डुबानबाट नरैनापुरमा मात्र दुई सय घरधुरीमा पूर्ण क्षति हुन पुगेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताउनु भएको थियो । पानी नपरे पछि गत साउनमा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि सरकारले कुनै प्रकारको राहात दिन नसकि रहेको अवस्थामा फेरी बाढी र डुबानको समस्याले स्थानीयहरुलाई झन पिडा दिएको बताउदै गाँउपालिका अध्यक्ष शाहले संघीय सरकारलाई गम्भीर बन्न आग्रह गर्नु भएको थियो ।               
<span;>नरैनापुरका जनताहरुसँग कुरा गर्दै अध्यक्ष शाहले भन्नुभयो, स्थानीय सरकारको मापदण्डमा भए बमोजिम तपाइहरुलाई राहत प्रदान गरिने छ । राप्ती नदीको पानीका कारण नरैनापुर गाँउपालिका उपाध्यक्षको घर पनि डुबानमा परेको बताउदै प्रमुख जिल्ला अधिकारी खत्रीको निर्देशनमा बस्तीलाई सुरक्षित राख्न छिट्टै आवश्यक तटबन्ध र अन्य संरचना निर्माण सुरु हुने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्न पुगेको टोलीले नरैनापुरको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको जिन्सी शाखा प्रमुख भरत महतोले बताउनु भयो ।

Next Post

बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइने

२०७९ आश्विन २५, मंगलवार १९:४१
संवाददाता । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ । मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य […]