चीनको हिमाली तथा पहाडी क्षेत्रमा विद्यार्थीको गुणस्तरमा सुधार

  ।   २०७७ मंसिर ९, मंगलवार ०७:१०


एजेन्सी । चीनको हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विद्यार्थीको गुणस्तरमा सुधार हुँदै गएको पाइएको छ ।

शिक्षामा ग्रामिण नागरिकको पहुँचलाई बढाउने योजनाअन्तर्गत फरक–फरक ठाउँमा फरक–फरक योजना ल्याएर कार्यक्रम कार्यान्वयन गरिएको छ । यसले पिछडिएका क्षेत्रमा पनि शिक्षाको गुणस्तर सुधारमा सहयोग पुगेको चीन सरकारको भनाइ छ । विशेषगरी प्राथमिक तहका विद्यार्थीको गुणस्तरमा उल्लेख्य सुधार भएको छ ।

स्थानीय सरकारले विद्यार्थी केन्द्रीत योजना र कार्यक्रम लागू गरेपछि गुणस्तरमा सुधार हुँदै गएको हो । हिमाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा नै तयार गरी खाना खुवाउने गरिएको छ । यसका कारण चिसोबाट हुने स्वास्थ्य समस्यामा समेत कमी आएको छ ।

पछिल्लो समय घरबाट बोकेर ल्याएको चिसो खाजा र खाना खानुपर्ने बाध्यता हट्दै गएको हुवाङ्नी गाउँमा रहेको विद्यालयका प्रध्यानाध्यापक झाङ झाङलियाङले बताउनुभएको छ । ग्रामिण क्षेत्रका ६८ दशमलव ७ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच विस्तार भएको चीन सरकारको दाबी छ ।

गाउँमा नै बसेर विद्यार्थीहरूले सहरमा हुने लोककला, नाच, कम्प्युटर शिक्षा लगायतका सीप आर्जन गर्न पाएका समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन सरकारले पछिल्लो समय गरिबी निवारण तथा नागरिकको शैक्षिक गुणस्तरमा सहयोग गरेको छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण त्यहाँका प्राथमिक विद्यालयमा हरेक दिन विद्यालयका कोठा र परिसरलाई सङ्क्रमणमुक्त गरी पढाउने गरिएको छ ।

Next Post

विप्रेषण कारोबारमा आइएमईलाई लगातार चौंथो सम्मान

२०७७ मंसिर ९, मंगलवार ०७:१०
काठमाण्डौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो । विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा […]