प्रहरी दिवसमा रक्तदान

  ।   २०८० आश्विन २५, बिहीबार १३:५८

नेपालगन्ज । नेपालगन्ज स्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ६८ औँ नेपाल प्रहरी दिवसका अवसरमा बिहीबार अस्पताल परिसरमा प्रहरी कर्मचारीद्वारा रक्तदान गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. अमिनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पताल प्रमुख डा. श्रेष्ठका अनुसार ३ जना महिला र ३४ जना पुरुषगरी कूल ३७ जना प्रहरी कर्मचारीले रक्तदान गर्नुभएको थियो । जसमध्ये प्रहरी नायव उपरीक्षक (डिएसपी) सहित तीनजना सिनियर प्रहरी अधिकृतहरूले रक्तदान गर्नुभएको उहाँले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारी, प्रहरी निरीक्षक देवराज भट्टराई र अस्पतालमै कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. विवेक सुनारले रक्तदान गर्नुभएको अस्पताल प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो ।

रक्तदान गर्नुभएका सबै प्रहरी कर्मचारीलाई सम्मानस्वरुप प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनु भएको हो ।

प्रहरी दिवसका अवसरमा प्रत्येक वर्ष नेपाल प्रहरीले गर्ने विभिन्न सामाजिक क्रियाकलाप अन्तर्गत अस्पतालले बर्सेनि रक्तदान कार्यक्रममार्फत रगत सङ्कलन गर्नेगरेको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

Next Post

इजरायलबाट नेपाली विमाना चढेर २ सय ५० जना नेपाल फर्कदै

२०८० आश्विन २५, बिहीबार १३:५८
नेपालगन्ज । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो । इजरायल र गाजाबीचको युद्धका कारण […]

सम्बन्धित समाचार