इजरायलबाट नेपाली विमाना चढेर २ सय ५० जना नेपाल फर्कदै

  ।   २०८० आश्विन २५, बिहीबार १६:२२

नेपालगन्ज । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् । उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ ।

नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो । इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् ।

स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् । इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन ।
स्रोत : रातो पाटी

Next Post

जनताको धान काट्दै माओवादी बाँके

२०८० आश्विन २५, बिहीबार १६:२२
नेपालगन्ज । माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् ।        […]