सिकलसेलको औषधि ‘सुबिधा थैली’मा समेटियो

  ।   २०८१ असार ३१, आईतवार २०:१८

नेपालगन्ज । सिकलसेल एनिमिया रोगका विरामीले प्रयोग गर्ने हाइड्रोक्सियुरिया नामक औषधि अब उक्त रोगका विरामीले खरिद गर्नुनपर्ने भएको छ ।

नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रममार्फत् ‘सुबिधा थैली’मा यो औषधिलाई समेटेपछि सिकलसेल एनिमिया रोगका विरामीहरुले निःशुल्करुपमा प्राप्त गर्ने भएका हुन् ।

सिकलसेल रोग लागिसकेपछि जीवनभर यो औषधि खानुपर्ने र विरामीले खरिद गर्नुपर्ने भएपछि लुम्बिनी प्रदेशका तत्कालीन सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बिमामा समावेश गर्न अनुरोध गर्दै गत फागुन २ गते स्वास्थ्य बिमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलामार्फत् लिखित अनुरोधपत्र पेश गर्नुभएको थियो ।

हाल लुम्बिनी प्रदेशको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रीसमेत रहनुभएकी नमुनाले सिकलसेल रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बिमामा समेटे पनि बिमा गरेका यस रोगका विरामीले निःशुल्क औषधि प्राप्त गर्न नसकेका कारण गत फागुन महिनामा वोर्डका कार्यकारी निर्देशकमार्फत् ध्यानाकर्षण गराउँदै अनुरोध गरेको बताउनुभयो ।

वोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलामार्फत सिकलसेल रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधि खानुपर्ने र औषधिसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बिमा वोर्डलाई निःशुल्क औषधिको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेल एनिमिया रोगका विरामीले जीवनभर खानुपर्ने हाइड्रोक्सियुरिया औषधि स्वास्थ्य बिमामा समेटिएपछि हजारौं रोगी विरामीलाई राहत मिल्ने बताउनुभयो ।

“लुम्बिनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका तराईका जिल्लामा पाँच हजार भन्दाबढी सिकलसेल एनिमियका विरामीहरु छन, उनीहरुले जीवनभर यो औषधि खानुपर्छ, खरिद गर्दा महङ्गो पनि हुने भएकाले विरामीहरु झनै पीडित थिए, अब उनीहरुले स्वास्थ्य बिमा सेवामार्फत् निःशुल्क पाउने भएका छन्, यो कार्यले विरामीलाई अत्यन्तै राहत मिलेको छ ।” डा. पाण्डेले भन्नुभयो ।

सिकलसेल एनिमियाका विरामीले प्रयोग गर्ने यो औषधि आगामी आर्थिक वर्ष ०८१/८२ बाट कार्यान्वयन हुने बताइएको छ । आगामी साउन महिनाको १ गतेदेखि सरकारी स्वास्थ्य संस्थाबाट उक्त रोगका विरामीले निःशुल्करुपमा प्राप्त गर्ने भएका हुन् ।

Next Post

बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

२०८१ असार ३१, आईतवार २०:१८
बाँके । बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बास नेपालको सहजिकरणमा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । यस आ.ब.को अन्तिम चौमासिकको सो सार्वजनिक सुनुवाईको अन्तमा ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।घोषणा गरिएका प्रतिबद्धताहरुमा बैजनाथ गाउँपालिका वडा नम्वर २ पितमारी सुकुम्वासी बस्ति लगायतमा खानेपानीको अभाव […]