बाँके कोहलपुरमा टिप्परले ठक्कर दिदा एकजनाको मृत्यु

  ।   २०८० आश्विन १४, आईतवार १७:२३

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित चपडगौडीमा टिप्परले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।

सडक दुर्घटनामा परि बैजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुर बस्ने वर्ष ७० का साइकल यात्री पतिराम थारुको मृत्यु भएको हो । तीब्र गतिमा सडकमा हुईकिएको टिप्परले साइकल चलाइरहेका बैजनाथ गाउँपालिका ४ तिलकपुरका  ७० बर्षिय पतिराम थारुलाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट घाइते भएका थारुलाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आईतबार दिउँसो करिब साढे बाह्र बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको भे १ क २०२९ नम्बरको टिप्परले साइकल सवार थारुलाई ठक्कर दिएको थियो ।  ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

Next Post

नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सुरु

२०८० आश्विन १४, आईतवार १७:२३
नेपालगन्ज । कर्णाली प्रदेशमा नेकपा एमालेको नयाँ नेतृत्वको लागि मतदान भएको केही समय लगत्तै मतगणना सुरु भएको छ । एमालेले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६ सय १६ मतदाता मध्ये ६ सय ९ मतदाताले मतदान गरेको एमाले स्रोतले जनएको […]