नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना सुरु

  ।   २०८० आश्विन १५, सोमबार १२:५५

नेपालगन्ज । कर्णाली प्रदेशमा नेकपा एमालेको नयाँ नेतृत्वको लागि मतदान भएको केही समय लगत्तै मतगणना सुरु भएको छ ।

एमालेले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न असफल भएपछि आइतबार मतदान भएको थियो । कुल ६ सय १६ मतदाता मध्ये ६ सय ९ मतदाताले मतदान गरेको एमाले स्रोतले जनएको छ । अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए ।

कालीकोटका मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह अध्यक्षको उम्मेदवार छन् । उपाध्यक्षमा लालबहादुर महतारा, दानसिंह परियार र टेकराज पछाइ तथा सचिवमा रुद्रबहादुर शाही र ध्रुबकुमार शाहीबीच प्रतिस्पर्धा भएको छ ।

Next Post

एचआईभी संक्रमितहरुको मानव अधिकार र कानून पुनरावलोकन सम्बन्धी छलफल

२०८० आश्विन १५, सोमबार १२:५५
संवाददाता, नेपालगंज । एचआईभी संक्रमितहरुको मानव अधिकार र कानून पुनरावलोकन सम्बन्धी छलफल कार्यक्रम बाँकेको नेपालगंजमा सम्पन्न भएको छ । युएनडीपीको सहयोगमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा आयोगका कानून महाशाखा प्रमुख झंकर बहादुर रावलले एचआईभी संक्रमितहरुको मानव अधिकारका सम्बन्धमा पत्रकारहरुको भुमिका बारे एउटा प्रस्तुती समेत राख्नुभएको […]