एचआईभी संक्रमितहरुको मानव अधिकार र कानून पुनरावलोकन सम्बन्धी छलफल

  ।   २०८० आश्विन १५, सोमबार १४:४५

संवाददाता, नेपालगंज

एचआईभी संक्रमितहरुको मानव अधिकार र कानून पुनरावलोकन सम्बन्धी छलफल कार्यक्रम बाँकेको नेपालगंजमा सम्पन्न भएको छ ।

युएनडीपीको सहयोगमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा आयोगका कानून महाशाखा प्रमुख झंकर बहादुर रावलले एचआईभी संक्रमितहरुको मानव अधिकारका सम्बन्धमा पत्रकारहरुको भुमिका बारे एउटा प्रस्तुती समेत राख्नुभएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगंजका प्रमुख द्धरिका अधिकारीको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर सञ्जय कुमार ठाकुरले एचआईभी संक्रमणको अवस्था, खोज पड्ताल, एचआईभी संक्रमणको अन्त्य गर्ने नेपालको राष्ट्रिय लक्ष्य लगायतका बिषयमा जानकारी गराउनुभयो ।

आज होटल सोल्टी, नेपालगंजमा आयोजना गरिएको कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय, पक्षका प्रमुख एवम प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

  • फोटो प्रेम विश्वकर्मा ।

अपडेट...

Next Post

बाँकेको राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू

२०८० आश्विन १५, सोमबार १४:४५
नेपालगन्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म आइतबारदेखि टाइम कार्ड लागु गरीएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागु गरीएको बाँकेृराष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत अर्जुन भुषालले जानकारी […]

सम्बन्धित समाचार