२०७८ सालको बिदाको सूची सार्वजनिक, कटाैती भएका बिदासमेत पाइने

  ।   २०७७ चैत्र १०, मंगलवार ०७:५८
unn.prixa.net

काठमाण्डाै | सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा ७ दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।

प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो । यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।

किराँत, राईहरुको उभाैली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्हाेसारलगायत विभिन्न ल्हाेसार पर्वमा पनि बिदा हुने भएको छ ।

यस्तै महिला कर्मचारीका लागि वर्षमा २ दिन, शिक्षण संस्थाहरूका लागि १ दिन, जात्राका लागि ४ दिन, दशैँ बिदा ५ दिन, तिहार बिदा ४ दिन, दिवस बिदा ६ दिन र जन्मजयन्ती बिदा ३ दिन हुने भएको छ ।

यस्तो छ राजपत्रमा प्रकाशित बिदाको सूचना

Next Post

बंगलादेशमा रोहिङ्ग्या बस्ने शिविरमा आगलागी, एक हजार बढी घर जलेर नष्ट

२०७७ चैत्र १०, मंगलवार ०७:५८
काठमाण्डाै | बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शिविरमा घरहरु बाँस र काठले बनेका […]