बाँकेको राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू

  ।   २०८० आश्विन १५, सोमबार १५:२४

नेपालगन्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म आइतबारदेखि टाइम कार्ड लागु गरीएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागु गरीएको बाँकेृराष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत अर्जुन भुषालले जानकारी दिनुभयो ।

टाइम कार्ड लागु भएसङ्गै अब उक्त दुरी २३ देखी २८ मिनेटमा पार गर्नुपर्नेछ । निमित्त संरक्षण अधिकृत भुषालका अनुसार टाइम कार्ड लागु भएको क्षेत्रमा गाडी रोक्न पाईने छैन । दुर्घटनाको जोखिमयुक्त क्षेत्रमा ट्राफिक नियम अनुसार प्रतिघण्टा ४० किलोमिटरको रफ्तारले मात्र सवारी साधन चलाउन पाईने प्रावधान रहेको उल्लेख गर्दै भुषालले उक्त प्रावधानमै टेकेर पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको दुरी निर्धारण गरीएको बताउनु भयो ।
टाइम कार्ड लागु भएपछि निकुञ्ज क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनिकरण हुने दावी गर्दै भुषालले नियम पालना गर्न/गराउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको अर्जुन बाण गणका गणपती अशोक खड्काले निकुञ्जभित्रका राजमार्गमा टाइम कार्ड लागु गर्न अनिवार्य रहेको बताउदै बन्यजन्तुका साथै मानविय र भौतिक क्षति कम गर्न टाइम कार्डसँगै ट्राफिक सचेतानाका कार्यक्रमहरु पनि संचालन गरीनुपर्ने खड्काले बताउनु भएको छ । यस्तै निकुञ्ज क्षेत्रमा स्पाई क्यामराको मद्धतले सवारीसाधनको गति मापन गरी हरेक दिन नियम उलंघन गर्ने १५/१६ जनालाई कारबाही गर्दै आएको बताउँदै राजमार्ग क्षेत्रको थप नियमनकालागि प्रविधिको उच्चतम प्रयोग गर्न आवश्यक रहेको खड्काले बताउनु भएको छ ।

यसैबीच ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी सुन्दर तिवारीले बाँकेका प्रमुख जिल्ला अधिकरीसहित सरोकारवाला निकायसँगको बैठकले निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागु गर्ने निर्णय गरेको बताउनु भएको छ । सोही निर्णय अनुसार पहिलो चरणमा ओभरीदेखी खैरीसम्म लागु गरीएको टाइम कार्ड प्रणाली आगामी दनिमा थप केही स्थानमा समेत बिस्तार गर्नेगरी छलफल भईरहेको तिवारीले बताउनुभयो ।

यसअघि निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गरीने पनि डि एस पि तिवारीले बताउनुभएको छ ।

Next Post

नेपालगन्जमा सद्भाव र्‍याली निकालिदै

२०८० आश्विन १५, सोमबार १५:२४
नेपालगन्जमा विभिन्न धर्मका समुदाय बिच मंगलबार ´सद्भाव र्‍याली` निकालिने भएको छ । केहीदिन यता समाजिक सद्भावमा समस्या देखिन थालेपछि सो र्‍याली निकालिने भएको हो । सोमबार जिल्ला कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले ´सद्भाव र्‍याली` आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता टोपेन्द्र […]