क्यान्सर पिडितलाई मलमपट्टी

  ।   २०७९ श्रावण १९, बिहीबार ०९:४५

नेपालगन्ज । क्यान्सरको पीडाले छटपटी रहेकी मायादेवी गुरुङले आर्थिक सहयोग पाएकी छन् । नेपालगन्ज २ बस्ने गुरुङलाइ नेकपा माओवादी केन्द्र नगर समितिले ४३ हजार १ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

पार्टीले पीडित गुरुङको लागि सो आर्थिक सहयोग विभिन्न शुभचिन्तकहरुबाट संकलन गरेको नगर इन्चार्ज नवीन शर्माले बताउनु भयो ।  पीडित गुरुङको घरमै पुगेर अर्थिक सहयोग गर्ने अवसर जुरेको नगर अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो । यसरी क्यान्सरको पीडा खेपेकी गुरङलाइ सो आर्थिक रकमले मलम पट्टीको काम गरेको पीडित गुरुङका आफन्तले सुनाउनु भयो । गुरुङको आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकिरहेको बेला पार्टीले आर्थिक संकलन समिति गठन गरि आर्थिक सहयोग गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा कार्यालय सचिव अर्जुन कार्कीले बताउनु भयो । 

पीडित गुरुङ नेकपा माओवादी केन्द्रको वडा नं. २ कि कोषाध्यक्ष समेत हुनुहुन्छ । पारिवारका सदस्य जस्तै वास्था राखेर नगर पार्टी घरमै पुगेर सहयोग हस्तान्तरण गरेपछि वरपरका अन्य सर्वसाधारणले पार्टीको प्रसंसा समेत गरेको नगर सचिव प्रेमबहादुर शाहले बताउनु भयो । समस्यामा परेकाहरूको सेवा गर्ने हाम्रो दाइत्व हो र यसप्रकारका सेवा समाजमा गर्न नेता कार्यकर्ता लाग्नु पर्ने उपाध्यक्ष बसन्त मल्लको भनाइ थियो ।

Next Post

सामाजिक सूचना व्यवस्थापन प्रणाली शुरु

२०७९ श्रावण १९, बिहीबार ०९:४५
बुटवल । नेपालमै पहिलो पटक लुम्बिनी प्रदेशमा सामाजिक सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरिएको छ । लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तिले बिहीबार बुटवलमै एक कार्यक्रमकाबीच उक्त सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गरी औपचारिक रुपमा शुरुवात गर्नुभएको छ । त्यस क्रममा उहाँले सूचना व्यवस्थापनल प्रणालीले यस प्रदेशको तथ्याँक […]