संवाददाता, नेपालगंज ।
भेरी अस्पताल नेपालगंजमा आज दिँउसो १ बजे दाङ्गको गढवा १ का ३३ बर्षिय पुरुषको कोभिड संक्रमणबाट मृत्युभएको छ ।
उहाँलाई गत असोज २ गते पीसीआर जाँच गर्दा कोभिडको संक्रमण देखिएको थियो । र असोज २१ गते भेरी अस्पताल नेपालगंजमा भर्ना हुनुभएको थियो ।
यो सगैं बाहिरी जिल्लाबाट उपचारका लागी बाँकेमा आई मृत्युभएका कोभिड संक्रमित ब्यक्तिहरुको संख्या ४२७ जना पुगेको छ ।
बाँके जिल्ला भित्रको भने मृत्यु संख्या ३३८ जना रहेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र डीसीएमसी बाँकेका कोभिड फोकल पर्सन तेज वलीले जानकारी गराउनुभएको छ ।